January 24, 2022, Monday
२०७८ माघ १०
1:37:26 pm

प्रचण्डको एकता प्रस्तावमा विप्लव सकरात्मक, तत्काल सहकार्य गर्ने सहमति

300

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ। शनिबार बिहान प्रचण्डनिवास खुमलटारमा भेटवार्ता भएको हो। 

भेटवार्तामापछिल्लो समसामयिक राजनीतिक विषयदेखि आगामी दिनमा सहकार्य गरेर जानेसम्मको छलफल भएको स्रोतले बतायो। 

स्रोतले भन्यो, ‘अध्यक्षज्यूले पहिल्यैदेखि पार्टी एकताको प्रस्ताव गर्नुभएको थियो। कम्युनिष्ट पार्टी त्यसमा पनि पूर्व-माओवादी एकतामा उहाँ (विप्लव) पनि सकारात्मक हुनुहुन्छ।’

Advertisement

तत्काल पार्टी एकताभन्दा पनि तल्लो तहसम्मै सहकार्य गरेर जाने सहमति भएको प्रचण्डनिकट स्रोतले बतायो।  

विप्लवलाई माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराको पहलमा खुमलटार लगेका थिए। पछिल्लो समय माओवादीसँग विप्लवको पार्टी एकता गराउनको लागि प्रवक्ता महरा सक्रिय भएर लागेका छन्। विप्लवलाई माओवादीमा फर्काउन प्रचण्डले महासचिवको जिम्मेवारी दिनसमेत तयार रहेको बुझिएको छ। 

माओवादी विभाजन हुँदा मोहन वैद्य ‘किरण’सँगै रहेका विप्लव २०७१ सालबाट वैद्यबाट पनि अलग भएर आफ्नो नेतृत्वमा पार्टी चलाइरहेका छन्।