काठामाडौं । पतञ्जली योगपीठलाई सरकारले जग्गा उपलब्ध गराउने घोषणा गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले पतञ्जलिलाई सहयोग गर्न सरकार तयार रहेको बताउँदै जग्गा उपलब्ध गराउने बताएका हुन् ।
शुक्रबार काठमाडौंमा पतञ्जली योगपीठ नेपाल मण्डिखाटारमा पतञ्जली नेपाल टिभि तथा आस्था नेपाल टिभि र पतञ्जली सेवा सदनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले नेपाल सरकार पूरा सहयोग गर्न तयार रहेको बताए ।
‘नेपाल सरकार पूरा सहयोग गर्न तयार छ । यो नन प्रोफिट संस्थालाई सरकारले जग्गा उपलब्ध गराउँछ’, देउवाले भने ।
त्यसैगरी योग आर्युवेदका लागि अथक प्रयास गरेको भन्दै प्रधानमन्त्रीले देउवाले रामदेवलाई नेपाल सरकारका तर्फबाट धन्यवाद दिनुका साथै रामदेव र आचार्य बालकृष्णलाई नेपाल आइरहन अनुरोध गरे ।