January 24, 2022, Monday
२०७८ माघ १०
1:37:26 pm

रोल्पाको घर्तीगाउँमा बस दुर्घटना हुँदा ४ को मृत्यु, १७ जना घाइते

205

दाङ : रोल्पामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दाङको घोराहीबाट रोल्पाको थवाङका लागि छुटेको ना ३ ख ५५१८ नम्बरको बस आज बेलुकी दुर्घटनामा परेको हो।

दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएको प्रहरीले जनाएको छ। बस शहितमार्ग अन्तर्गत माडी गाउँपालिका–२ जलजलामा दुर्घटनामा परेको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए।

दुर्घटनामा  ३ जना पुरुष र १ जना महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी घाइते भएकाहरुलाई घर्तीगाउँमा रहेको सुनिल स्मृति अस्पतालमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

बसमा सवार १० जना रहेको प्रहरीले अनुमान गरेको छ। बस सडकदेखि करिब एक सय फिट तल खसेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।