December 4, 2021, Saturday
२०७८ मंसिर १८
1:37:26 pm

रौतहटमा छाँया संस्थाद्धारा स्वास्थ्य चौकी तथा विद्यालयहरुमा कोभिडविरुद्धको स्वास्थ्य सामग्री वितरण

440

रौतहट । छाँया नेपाल नामक संस्थाले रौतहटका विभिन्न स्वास्थ्य चौकी तथा विद्यालयहरूको लागि स्वास्थ्य सामग्री वितरण गरेको छ । जिल्लामा बढ्दो क्रममा रहेको कोरोना महामारी न्यूनीकरणका लागि प्रयोग हुने विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छाँया नेपालका कार्यकारी निर्देशक कमल थापाले जानकारी दिए ।

उक्त संस्थाद्वारा रौतहट जिल्लाको परोहा नगरपालिका विद्यालय तथा स्वास्थ्य चौकीमा कोभिड रोकथामका लागि ४ थान वेड सेट, १४ थान स्पेह टंकी, २० थान पिपिइ सेट, २४० थान सेनिटाईजर, १४ बोरा विलिक्क्ष पाउडर वितरण गरिएको छ ।

सामग्री वसन्तपटी स्वास्थ्य चौकी तथा बरथिङ सेन्टर, तेजापकड़ स्वास्थ्य चौकी तथा वरथिङ सेन्टर, श्री ब्राह्म ज्योति लौकाहा, श्री ओउम माध्यमिक विद्यालय नरकटिया, श्री माध्यमिक विद्यालय वसन्तपटी, श्री प्रावी नमनगरा, श्री प्रावी विद्यालय भेडियाही स्कूल तथा स्वास्थ्य सामग्रीहरू वितरण गरिएको थापाले जानकारी दिए ।

Advertisement

स्वास्थ्य सामग्री स्वास्थ्य चौकी प्रमुख, प्रधानाध्यापक र छायाँ नेपाल को प्रोजेक्ट म्यानेजर निशान्त गौतमले हस्तान्तरण गरेका थिए ।

सो अवसरमा बोल्दै गौतमले कोरोना एक महामारी भएकाले यसलाई परास्त गर्न सरकार र जनस्तरबाट उत्तिकै पहल हुनुपर्नेमा जोड दिंदै संकटको बेला सबै मिलेर हातेमालो गर्दै अगाडी बढेमा मात्र सफलता पाइने बताए ।

कार्यक्रममा फिल्ड सुपरभाईजर राजेश साह, ललन चौरसीया लगायत उपस्थिति रहेको थियो