January 27, 2022, Thursday
२०७८ माघ १३
1:37:26 pm

आन्दोलनरत न्यायाधीशको समूहमै विभाजन

२०७८ कार्तिक २९

435

काठमाडौं । आन्दोलनरत सर्वोच्च अदालतका न्यायाधीशहरूको समूहमै ‘विद्रोह’ भएको छ । आन्दोलनरत न्यायाधीश र नेपाल बार एसोसिएसनबीच सोमबार छलफलमा भएकाे थियाे । आन्दोलनमा सहभागी भएका ५ जना न्यायाधीशले उक्त छलफल बहिष्कार गरेका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आएका न्यायाधीशहरू तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडाले छलफ बहिष्कार गरेका हुन् । उनीहरूले गोलाप्रथाबाट पेसी तोक्ने सहमतिको फुलकोर्टमा (पूर्ण बैठकमा) मात्र सहभागी हुने अडान राखेका छन् ।

सर्वोच्चका वरिष्ठ न्यायाधीशहरु हरिकृष्ण कार्की, दीपक कार्की र सपना प्रधान मल्लसहित १४ न्यायाधीश भने बैठकमा सहभागी भएका थिए । जबराले वार्तामा बोलाएपछि थप रणनीति बनाउन आन्दोलित न्यायाधीशहरु र दुवै बारका पदाधिकारी जुटेका हुन् ।

Advertisement

योसँगै आन्दोलनरत न्यायाधीशहरूबीच पनि फुट देखिएको छ । न्यायाधीशहरूको बहिष्कारपछि आजको बैठक निष्कर्ष विहीन टुंगिएको छ । बैठक भोलि पनि बस्ने छ ।

प्रधानन्यायाधीश जबराले सोमबार दुवै बारलाई वार्तामा बोलाएका थिए । तर, बारले भने राणाको प्रस्ताव अस्वीकार गरिसकेको छ। बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जबरासँग वार्तामा नबस्ने बताउँदै पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।

प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै सर्वोच्चका न्यायाधीशहरूले इजलास बहिष्कार गर्दै आएका छन् भने बारले धर्ना र प्रदर्शन गर्दै आइरहेको छ ।