November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

एनआरएनए युकेमा अझै भएन बुझबुझारथ, बुझबुझारथको विषयमा झुटो प्रचार प्रसार (विज्ञप्ती)

२०७८ कार्तिक २८

3.3K

लन्डन । गैर आवासीय नेपाली संघ युकेको नयाँ कार्य समितिलाई पुरानो कार्य समितीले तीन करोड रुपैयाँसहित बुझबुझारथ गरियो भनि गरिएको प्रचार प्रसार झुटो भएको जनाएको छ । एनआरएनए युकेले एक विज्ञप्ति जारी गर्दै २३ अक्टोबरमा भएको निर्णय अनुसार बुझबुझारथ नभएकोमा चिन्ता समेत ब्यक्त गरेको छ ।

संघद्वारा आइतबार प्रकाशित विज्ञप्तिमा बैंक खाताहरु र नगद मौज्दात पूर्णरुपमा हस्तान्तरण नभएको र कुनैपनि विलभरपाई लगायतका कागजातहरु नवुझाईएको र २३ अक्टोबरमा भएको निर्णयको पालना नभएको बताइएको छ ।

२३ अक्टोबरमा नयाँ र पुरानो कार्य समितिको हस्तान्तरण बैठकमा एचएसविसी वेलफेयर बैक तुरुन्त हस्तान्तरण गर्ने, अन्य बैकहरु र नगद समेत छिट्टै हस्तान्तरण गरी पुर्ण रुपमा बुझबुझारथ गर्ने र सो समयसम्म नवुझाइएका कागजातहरु समेत छिट्टै बुझाउने सहमति भएको थियो । तर निर्णय अनुसार बुझबुझारथ नगरी उल्टै करिव २ लाख ११ हजार पाउण्ड हस्तान्तरण गरिएको भनेर गलत प्रचार गरिएका भन्दै संघले गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ती मार्फत जनाएको छ ।

Advertisement

निवर्तमान कार्य समितिले नयाँ कार्य समिति निर्वाचित भैसके पछि समेत एनआरएनए युकेको बैंक खाताबाट खर्च गरिएको तथा २०१७–१९ को कार्य समितिले बुझाएको ५३ हजार पाउण्ड समेत जस्ताको तस्तै नबुझाइएको संघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । साथै सदस्यता बापत आइसीसीलाई बुझाउनु पर्ने करिव ५९ हजार डलर समेत अहिलेसम्म नबुझाइएको संघले जनाएको छ ।

निवर्तमान कार्य समितिको निर्वाचनको समयमा भएको भनिएको अपारदर्शी खर्चका सम्बन्धमा विवाद भै बेलायतको अदालतमा मुद्दा चलिरहेको अवस्थामा उक्त समयावधिको कुनै पनि कागजात र निवर्तमान कार्य समितिको कार्यकालमा गरेको भनिएका खर्चहरु सम्वन्धि कुनै पनि विल भरपाई हालसम्म हस्तान्तरण नभएको पनि गैरआवासीय नेपाली संघ युकेले विज्ञप्ती मार्फत जनाएको छ ।

विज्ञप्ती