June 14, 2025, Saturday
२०८२ असार १
1:37:26 pm

प्रधानन्यायाधीश पदबाट राजीनामा दिएर आफ्नो सन्नतिको नाम राख्नुहोस्: अध्यक्ष, बार एसोसिएसन

२०७८ कार्तिक २८

2.7K

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको राजीनामा माग गर्दै आज पनि सर्वोच्च अदालतको मुख्य प्रवेशद्वारमै रोक्ने तयारीसहित कानुन व्यवसायी धर्ना दिँदैछन् । नेपाल बार एशोसिएसनका अनुसार आज बिहान साढे ९ देखि साढे ११ बजेसम्म प्रधानन्यायाधीश जबरा प्रवेश गर्ने मुख्य प्रवेशद्वारमै धर्ना दिने कार्यक्रम छ ।

बार एसोसिएसनका अध्यक्षका अनुसार आइतबार पनि धर्ना दिने कार्यक्रम रहेको छ । ‘आइतबार पनि बिहान साढे ९ बजेदेखि साढे ११ बजेसम्म सर्वोच्चको गेटमा जहाँबाट उनी (प्रधानन्यायाधीश) पस्ने गरेका छन्, हामी त्यहाँ धर्ना दिन्छौं,’ अध्यक्षले भने ।

अध्यक्षले सबै वकिलहरूलाई बिहान ९ बजे बारको प्रांगणमा भेला हुन आह्वान गरेका छन् ।

Advertisement

त्यसैगरी वकिलहरूलाई बारको प्रांगणमा भेला हुन नदिन गेट बन्द गराउने कार्य सर्वोच्च अदालतको प्रशासनबाट नहोस् भन्ने चुनौती पनि उनले दिए । आइतबारको आन्दोलनमा सरकारले प्रहरी परिचालन गरेर हस्तक्षेप ग¥यो भने बार एसोसिएसन हस्तक्षेप गर्नेविरूद्ध पनि उभिने अध्यक्षले बताएका छन् ।

शुक्रबार प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने भन्दै कानुन व्यवसायीले प्रदर्शन गरे पनि जबरा अर्को गेटबाट भित्र प्रवेश गरेका थिए ।

त्यसैगरी अध्यक्षले चोलेन्द्रशमसेर राणालाई प्रधानन्यायाधीशका रूपमा सर्वोच्च अदालत छिर्न आफूहरुले निषेध गरिसकेका पनि बताए । उनले प्रधानन्यायाधीश पदबाट राजीनामा दिई आफ्नो सन्नतिको नाम राख्न पनि पनि सुझाएका छन् ।