June 24, 2025, Tuesday
२०८२ असार १०
1:37:26 pm

नेकपा एसले स्थानीय तहको निर्वाचनमा सबै तहमा उम्मेदवारी दिने, तयारी गर्न अध्यक्ष नेपालको निर्देशन

२०७८ कार्तिक २७

3.6K

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एस)को अध्यक्ष माधवकुमार नेपालले मुख्यमन्त्री र मन्त्रीहरुलाई इमान्दार पूर्वक जनताको काम गर्न निर्देशन दिएका छन् । नेपालले पार्टीको दास्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै नैतिकता र आचरणमा रहेर जनताको सेवामा समर्पित हुन निर्देशन दिएका हुन् ।

हेरिटेज गार्डेनमा सुरु भएको पार्टीको दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेपालले टोल र वडासम्म पार्टी संगठन विस्तार गर्न निर्देशन दिँदै सोही अनुसार मूल्याङ्कन गरिनेसमेत बताए ।

अध्यक्ष नेपालले आगामी चैत महिनामा हुने स्थानीय तहको निर्वाचनमा सबै तहमा उम्मेदवारी दिने भन्दै त्यसको तयारी गर्नसमेत नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

Advertisement