January 23, 2022, Sunday
२०७८ माघ १०
1:37:26 pm

एक्लै क्रान्ति गर्छु भन्दा क्षति मात्रै हुन्छ, विप्लवजीहरुसँग हात मिलाउने, अंकमाल गर्ने प्रतिक्षामा छु : प्रचण्ड

२०७८ कार्तिक २६

645

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेत्रविक्रम चन्द‘विप्लव’ माओवादी केन्द्रमै फर्कने विश्वास व्यक्त गरेका छन् । शुक्रबार बिहान पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टी प्रवेश कार्यक्रममलाई सम्बोधन गर्दै प्रचण्डले विप्लवलाई पनि आफ्नो पार्टीमा छिट्टै भित्र्याउन आफू आतुर रहेको बताएका हुन् ।

विप्लवसँग अलग भएर हैन, एकैठाउँ भएर नेपाली क्रान्तिलाई मौलिक तरिकाले अघि लान सकिने भन्दै विप्लव पनि ढिलोचाडो माओवादी केन्द्रमा आउने प्रचण्डले विश्वास व्यक्त गरे । प्रचण्डले भने,“एक्लै क्रान्ति गर्छु भन्दा क्षति मात्रै हुन्छ, छिट्टै विप्लवजीहरुलाई पनि यहाँ हात मिलाउने, अंकमाल गर्ने प्रतिक्षामा छु ।”

विप्लव जनयुद्धकालका प्रचण्डका सहयात्री हुन् । अहिले उनी नेपाल कम्युनिस्ट पार्टीका महासचिव छन् ।

Advertisement

त्यसैगरी पार्टी विभाजन गरी बाहिरिएका मोहन वैद्य र डा.बाबुराम भट्टराईसँग एकताका लागि कुराकानी चलिरहेको पनि उनले बताए ।