January 27, 2022, Thursday
२०७८ माघ १३
1:37:26 pm

गाउँपालिकाका अध्यक्ष चढ्ने गाडी प्रहरीको नियन्त्रणमा, अध्यक्ष भन्छन्ः म लिन जान्नँ

२०७८ कार्तिक २६

275

सिरहा । सिरहाको विष्णुपुर गाउँपालिकाका अध्यक्ष चढ्ने बा२झ ३६४३ सरकारी नम्बरको नम्बर प्लेटको स्कारपिओ गाडी जनप्रतिनिधि र स्थानीयवासीले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् । उनिहरुले दुरुपयोग गरेको भन्दै गाडी प्रहरीलाई बुझाएको हो ।

छठ पर्वको दिन अध्यक्षका आफन्त र कार्यकर्ता चढेर रातको समयमा घुमिरहेको अवस्थामा स्थानीय जनप्रतिनिधिले नै नियन्त्रणमा लिई प्रहरीलाई जिम्मा लगाएका हुन् । गाडीमा पालिकाको कुनै कर्मचारी र जनप्रतिनिधि, ड्राईभरसमेत नभएकाले स्थानीयवासी र जनप्रतिनिधिले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको बताइएको छ । रातको समयमा बाटोमा दुई तीन पटक गाडी दौडाएपछि रोकेर हेर्दा कर्मचारी र जनप्रतिनिधि कोही नदेखेपछि प्रहरीलाई खबर गरेर जिम्मा लगाएको एक वडा अध्यक्षले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष जागेश्वर यादवले उक्त गाडी लिन नजाने र जसले लगेको हो उसैले ल्याउने बताएका छन् । अध्यक्षका अनुसार वडाअध्यक्ष कपिलदेव यादवले छठ घाटमा घुम्न जान्छु भनेर लगेको बताए ।

Advertisement

स्रोतका अनुसार इलाका प्रहरी कार्यालय विष्णुपुरमा राखिएको उक्त गाडी त्यहाँ राख्न सुरक्षित नहुने देखेर जिल्ला प्रहरी कार्यालयमा लगिएको छ ।