काठमाडौं । स्वीट्जरल्यान्ड सरकारले नेपाललाई कोभिड–१९ विरूद्धको एस्ट्राजेनेकाको कोभ्याक्स एक लाख ४४ हजार डोज खोप सहयोग गरेको एस्ट्राजेनेका अन्तर्गतको खोप सहयोग गरेका छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच नेपालका लागि स्वीट्जरल्यान्डकी राजदूत एलिजाबेथ भोन क्यापेलरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रोशन पोख्रेललाई खोप हस्तान्तरण गरेकी हुन् ।
यसअघि पनि स्वीस सरकारले नेपाललाई पिसिआर किट, भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।
दूतावासका अनुसार अहिलेसम्म नेपालमा कोभिड–१९ विरूद्ध लड्न दुई करोड अमेरिकी डलर छुट्याइएको छ । साथै निरन्तर रूपमा नेपाल सरकारलाई सहयोग गर्ने विज्ञप्तिमार्फत् जानकारी दिइएको छ ।