February 13, 2025, Thursday
२०८१ फाल्गुन २
1:37:26 pm

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अदालतबाट बाहिरिए

२०७८ कार्तिक २५

4.3K

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अदालतबाट बाहिरिएका छन् । जबरा बारको निषेध आन्दोलन घोषणालगत्तै अदालतबाट बाहिरिएका हुन् । उनले नेपाल बार र सहकर्मी न्यायाधीशहरूको चर्को विरोधका बीच अदालत उपस्थित भएर मुद्दा सुनुवाइ गर्दै आएका थिए ।

जबरा अदालतबाट बाहिरिएपनि सर्वोच्च अदालतका न्यायाधीशहरू भने आन्तरिक छलफलमा जुटेका छन् । जबराले बुधवारका लागि नौवटा इजलास गठन गर्दै १७७ वटा मुद्दा सुनुवाइका लागि पेसी तोकेका थिए । तर, न्यायाधीशहरू भने जबरासँग बेन्च सेयरिङ नगर्ने, बन्दीप्रत्यक्षीकरणबाहेकका विवादमा सुनुवाइ नगर्ने अडानमा कायम छन् ।

शान्तिपूर्ण प्रर्दशनमा प्रहरी हस्तक्षेप गराएर आन्दोलन कमजोर पार्न खोजेको भन्दै नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश जबरालाई बिचौलियाको नाइके भन्दै भोलि शुक्रबारबाट अदालत प्रवेश गर्न नदिने घोषणा गरेको छ ।

Advertisement