January 27, 2022, Thursday
२०७८ माघ १४
1:37:26 pm

प्रधानन्यायाधीशको राजीनामाको माग गर्दै काठमाडौं उपत्यकाभित्रका सबै अदालत र न्यायाधिकरणमा धर्ना

२०७८ कार्तिक २५

505

काठमाडौं । नेपाल बार एशोसिएसनको अगुवाईमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामाको माग गर्दै बिहिबार काठमाडौं उपत्यकाभित्रका सबै अदालत र न्यायाधिकरणमा धर्ना दिँदैछन् । धर्नामा वकिलहरू हातमा कालो पट्टी बाँधेर उपस्थित भएका छन् ।

नेपाल बारले घोषणा गरेको दोस्रो चरणको आन्दोलन कार्यक्रम अन्तर्गत आज बिहान १० बजेदेखि १२ बजेसम्म अदालत र न्यायाधिकरणमा वकिलहरूले धर्ना दिन लागेका हुन् ।

त्यसैगरी नेपाल बार एसोसिएसनले न्यायपरिषद्का सदस्यलाई पत्र लेख्दै प्रधाननन्यायाधीश चोलेन्द्र शमसेर राणाले बोलाएको बैठकमा नजान आग्रह समेत गरेको छ । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बारले बुधबार न्यायपरिषदका सबै सदस्यलाई पत्राचार गरेर यस्तो आग्रह गरेको हो ।

Advertisement