January 18, 2022, Tuesday
२०७८ माघ ५
1:37:26 pm

आजबाट जनगणना सुरु, गणकहरुलाई सही विवरण दिन प्रधानमन्त्री देउवाको आग्रह

२०७८ कार्तिक २५

280

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय जनगणनामा घरघरमा आउने गणकलाई सही विवरण उपलब्ध गराउन आग्रह गरेका छन् । । जनगणना आजदेखि सुरू भइ मंसिर ९ सम्म हुनेछ ।

२०७८ को राष्ट्रिय जनगणना सुरूवात भएको अवसरमा आज बिहान भिडिओ सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले सही विवरण उपलब्ध गराएर राष्ट्रको नीति निर्माणका लागि अपरिहार्य सूचना संकलन गर्ने कार्यमा सबैले सहयोग गर्न अपिल गरेका छन् ।

प्रधानमन्त्री देउवाले गणकले सोधेका प्रश्नहरूको सही जवाफ दिन पनि आग्रह गरेका छन् । सूचना गोप्य रहने पनि बताएका छन् ।

Advertisement

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले पनि राष्ट्रिय जनगणनाका लागि आज विवरण टिपाउने कार्यक्रम छ ।

https://www.facebook.com/sheभिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।