January 24, 2022, Monday
२०७८ माघ १०
1:37:26 pm

पार्टीको महाधिवेशन कार्यतालिका एक दिन पनि परिवर्तन हुँदैन: कृष्णप्रसाद सिटौला

२०७८ कार्तिक २४

455

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १४औँ महाधिवेशन कार्यतालिका एक दिन पनि परिवर्तन हुन नसक्ने बताएका छन् । बुधबार काठमाडौँस्थित शान्ति बाटिकामा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिटौलाले कार्यतालिका अत्यन्तै छोटो भएकाले पार्टीको महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गराउन काममा मिलेर अघि बढ्न पार्टी नेता, कार्यकर्तालाई आह्वान गरेका छन् ।

उनले भने, ‘२७ गतेबाट बाँकी रहेका वडा अधिवेशनहरु सम्पन्न गरेर मंसिरको २७ गते पार्टीको केन्द्रीय पधाधिकारी हामीले निर्वाचित गर्नु छ । अत्यन्तै छोटो कार्यतालिका छ । अत्यन्तै साँघुरो हाम्रो कार्यतालिका छ । तर, एक दिन पनि यो कार्यतालिका परिवर्तन हुन सक्दैन ।’

कार्यक्रममा बोल्दै सिटौलाले पार्टी नेतृत्वका लागि स्वच्छ प्रतिस्पर्धा गर्न र पार्टीलाई सम्पूर्ण रुपमा एकताबद्ध बनाएर देशप्रति समर्पित भएर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई सफलता मिलोस् भनि कामना समेत गरेका थिए ।

Advertisement

‘यसलाई हामीले सफल बनाउनु छ सबैले मिलेर । तर, प्रतिस्पर्धा गर्नु छ । स्वच्छ प्रतिस्पर्धा गर्नु छ । आन्तरिक लोकतन्त्रको अभ्यास दिल खोलेर गर्नु छ । र प्रतिस्पर्धापछि पार्टीभित्र सम्पूर्ण एकता निर्माण गरेर पनि देशप्रति समर्पित पार्टीको रुपमा नेपाली कांग्रेसलाई उतार्नु छ ।’, सिटौलाले भने ।

उनले महाधिवेशनमा प्रतिस्पर्धा गर्ने साथीहरुलाई सफलताको शुभकामना पनि दएका दिए ।