January 27, 2022, Thursday
२०७८ माघ १३
1:37:26 pm

राती साथीलाई अप्ठेरो परेको छ भन्दै लिएर लगेपछि हत्या

२०७८ कार्तिक २४

380

कैलाली । कैलालीमा एक युवकको हत्या भएको छ । मंगलबार राति लम्कीचुहा नगरपालिका –१ का भुपेन्द्र बडुवालको हत्या भएपछि कैलालीको लम्की बजार तनावग्रस्त बनेको छ।

बडुवालको टीकापुरस्थित होटल सिद्धार्थनजिक राति ९ बजे एक समूहले धारिलो हतियार प्रहार गरि हत्या गरेको कैलालीका प्रहरीले बताए ।

युवकको हत्यापछि स्थानीयले लम्की बजारमा पूर्व–पश्चिम राजमार्ग अवरूद्ध गरेर बुधबार बिहानैदेखि प्रदर्शन गरिरहेका छन् ।

Advertisement

स्रोतका अनुसार मंगलबार बेलुका कपिल श्रेष्ठ नाम गरेका युवकले साथीलाई अप्ठेरो परेको छ भन्दै लिएर गएका थिए । टीकापुरमा लगेपछि एउटा समूहले उनलाई रड, खुकुरी र चक्कु प्रहार गरि हत्या गरिएको थियो ।

बडुवाललाई लिएर जाने युवक कपिल श्रेष्ठ काठमाडौं बस्दै आएका थिए। उनी मंगलबार नै लम्कीचुहा आइपुगेको थाहा भएको र घरसमेत नपुगेको स्रोतले जनाएको छ ।

बडुवालको हत्या गर्नुको कारण के थियो भन्ने खुलिसकेको प्रहरीले जनाएको छ ।