काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय स्थल सेनाध्यक्ष मनोज मुकन्द नरवणेबीच दिल्लीमा भेटवार्ता भएको छ ।
नेपाली सेनाका अनुसार उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय स्थल सेनाध्यक्ष मनोज मुकन्द नरवणेबीचबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा द्विपक्षीय छलफल भएको छ ।
उक्त छलफल पश्चात प्रधान सेनापति शर्मालाई भारतीय सुरक्षा दृष्टिकोणबारे प्रस्तुतिकरण समेत गरीएको थियो ।
सो अघि प्रधानसेनापतिले राष्ट्रिय समर स्मारकमा वीर शहीदहरुको सम्मानमा पुष्प गुच्छा अर्पण गरेका थिए । त्यसैगरी उनको सम्मानमा भारतीय सेनाको एक टुकडीले सम्मान गारत अर्पण समेत गरेको थियो ।