January 18, 2022, Tuesday
२०७८ माघ ५
1:37:26 pm

रक्षामन्त्री मीनेन्द्र रिजाल र संयुक्त राष्ट्रसंघका सहायक महासचिव क्रिस्चियन सन्डर्सबीच भेटवार्ता

२०७८ कार्तिक २३

545

काठमाडौं । रक्षामन्त्री मीनेन्द्र रिजाल र संयुक्त राष्ट्रसंघका सहायक महासचिव क्रिस्चियन सन्डर्सबीच मंगलबार मन्त्रालयमा भेटवार्ता भएको छ ।

स्रोतका अनुसार भेटमा शान्ति सेनामा नेपाल र नेपाली सेनाको अद्यावधि रहेको गौरवशाली योगदान र भविष्यमा विस्तारित र थप प्रभावकारी नेतृत्वदायी भूमिकाबारे छलफल भएको छ ।

रिजालले मन्त्री भएपछि विभिन्न देशका राजदूतसँगै कूटनीतिक क्षेत्रका व्यक्तिहरूलाई भेट्दै आएका छन् । उनले नेपालले छिमेकी देशहरूसँग मित्रवत् र राम्रो कूटनीतिक सम्बन्ध स्थापित गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।

Advertisement