January 18, 2022, Tuesday
२०७८ माघ ५
1:37:26 pm

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक कात्तिक २८ गते बस्ने

२०७८ कार्तिक २२

350

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक कात्तिक २८ गते बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार एक विज्ञप्ति जारी गरी बैठक यही कात्तिक २८ गते आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको जानकारी दिएका हुन् ।

बैठकमा उपस्थितिका लागि पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित सदस्यलाई आमन्त्रण गरिएको छ ।

बैठकमा समसामयिक राजनीतिक विषय र पार्टीको १४औँ महाधिवेशनको बारेमा छलफल हुने विज्ञप्तीमा उल्लेख छ ।

Advertisement