January 27, 2022, Thursday
२०७८ माघ १३
1:37:26 pm

सानो दुःखले ६ वटै प्रदेश सरकार गठबन्धनको हातमा आइपुगेको हैनः प्रचण्ड

२०७८ कार्तिक १८

555

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले ६ वटै प्रदेश सरकार गठबन्धनको हातमा आइपुगेको बताए । बिहीबार राजधानीमा आयोजित नेवाःमुक्ति मोर्चा केन्द्रीय समितिद्वारा आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा सम्धबोन गर्दै प्रचण्डले सानो दुःखले यो सम्भव नभएको बताएका छन् ।

अध्यक्ष प्रचण्डले उपलब्धिहरुको रक्षाका लागि जनता अझै लड्न तयार छन् भन्ने आफूहरुलाई थाहा भएको बताए । “जनता अहिले पनि यो उपलब्धिको रक्षाका लागि लड्न तयार छन् भन्ने हामीलाई ज्ञान भयो । मिलेर आन्दोलनमा जाँदा जित जनताकै हुनेरहेछ । जुनसुकै सेटिङ भएपनि ।”, प्रचण्डले भने ।

त्यसैगरी अध्यक्ष प्रचण्डले प्रतिक्रियावादीहरु सलबलाइरहेको भन्दै षड्यन्त्र पूरै नसकिएको बताए । उनले भने, “उनीहरुले गर्ने षड्यन्त्र पूरै सकियो अब हामीले जित्यौँ भन्ने अवस्था बनिसकेको छैन, षड्यन्त्र अझै भइनै राख्छन्, यसलाई परास्त गर्न हामी बलियो हुनुपर्छ ।”

Advertisement

त्यसैगरी अध्यक्ष प्रचण्डले पछिल्लो समय मुलुकको सबै क्षेत्रमा माओवादीको आकर्षण बढेको दाबी गरेका छन् । उनले हिमाली, पहाडी र तराई क्षेत्रका बुद्धिजीवि नागरिकहरुले पनि देश बचाउन माओवादीको आवश्यकता अनुभूत गरेको बताए ।