December 4, 2021, Saturday
२०७८ मंसिर १८
1:37:26 pm

पुनर्वासको व्यवस्था मिलाइदिन गृहमन्त्रीसँग बाढीपीडितहरूको माग

२०७८ कार्तिक १७

600

बैतडी । सेती बाढीपीडितहरूले पुनर्वासको व्यवस्था मिलाउन प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाडसँग माग गरेका छन् । बाढी प्रभावित क्षेत्रको निरीक्षणका क्रममा बैतडीको ढुङ्गाड पुगेका गृहमन्त्री खाडलाई ज्ञापनपत्र बुक्राउदै बाढीपीडितहरूले पुनर्वासको व्यवस्था मिलाउन माग गरेका हुन् ।

जबाफमा गृहमन्त्री खाँडले बाढी प्रभावित समुदायको सहयोगका लागि सरकारले विशेष व्यवस्था गर्ने वचन दिएको स्थानीय एक स्थानीयले बताए ।

गृहमन्त्रीले पीडितहरूलाई सम्बोधन गर्दै भने, “यो क्षेत्रमा बाढीपहिरोले पुर्याएको क्षतिका बिषयमा स्थलगत जानकारी भएको छ । पुनर्स्थापना लागि विशेष राहत कोष बनाएर सरकारले कामअघि बढाउँछ ।” गृहमन्त्रीले प्रभावित क्षेत्रका नागरिकहरूका लागि छिट्टै राहत प्याकेज घोषणा गर्ने समेत बताए ।

Advertisement

यस्तै, ढुंगाडवासीले पश्चिमसेती जलविद्युत आयोजनाको काम समेत अघि बढाउन आग्रह गरेका छन् । सोही योजनाका रोकिँदा ढुंगाड क्षेत्रमा विकास नभएको बारे गृहमन्त्रीको ध्यानाकर्षण गराएको स्थानीय नरेन्द्र रोकायाले जानकारी दिए ।

कात्तिक पहिलो साता परेको अविरल बर्षाले बैतडीको सिगास गाउँपालिका–५ ढुङ्गाडमा व्यापक क्षति पुर्याएको थियो । सेती नदीको बाढीले खेत बगाउँदा स्थानीयहरुलाई निकै समस्या भएको छ ।