November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

पाँचथर सरखण्डेमा बस दुर्घटना हुँदा दुईको मृत्यु ६४ घाइते

1.9K

पाँचथर । पाँचथर सरखण्डेमा बस दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका एक बालक र एक महिलाको उपचारको क्रममा समर्पित अस्पतालमा मृत्यु भएको हो । मृत्यु हुनेहरुको विवरण भने आउन बाँकि छ ।

सिवादोभानबाट यात्रु लिएर झापाको दमक हिंडेको को १ ख ३८६५ नं.को बस सरखण्डेमा दुर्घटनामा हुँदा बसमा सवार ६४ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको जिल्लास्थित पाँचथर अस्पताल, समर्पित अस्पताल र पाथीभरा अस्पतालमा उपचार भइरहेको छ ।

Advertisement

४ जना घाइतेलाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको अस्पतालले जनाएको छ । चिन्ताजनक अवस्थाका दश जनालाई तत्काल रेफर गर्नुपर्ने अवस्था रहेको तर एम्बुलेन्सको अभाव भएको समाचार स्रोतल जनाएको छ ।