April 14, 2026, Tuesday
२०८३ बैशाख १
1:37:26 pm

एनआरएनए विशेष संस्थाको रूपमा स्थापित भएको छ –प्रकाशशरण महत

2K

काठमाडौं । नेपाली कांग्रेसका सहमहान्त्री तथा पूर्व परराष्ट्रमन्त्री प्रकाश शरण महतले गैर–आवासीय नेपाली संघ (एनआरएनए)लाई विशेष संस्थाको रूपमा लिने गरेको बताएका छन् । आइतबार भर्चुअल रूपमा भएको एनआरएनएको राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरूको पहिलो विश्व भेलालाई सम्बोधन गर्दै महतले विदेशमा रहेर पनि नेपालसँग भावनात्मक र संस्थागत रूपमा जोडिएको कारण विशेष संस्थाको रूपमा लिएको बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथिका रूपमा रहेका महतले लाखौं नेपाली कामको शिलशिलामा विदेशमा रहेको तर मन भने नेपालमै रहनु नै महत्वपूर्ण भएको बताए । ‘नेपालमा अफ्ठ्यारो पर्दा कसरी हामी सहयोगी बन्न सक्छौं ? भन्ने जुन निरन्तर तपाइहरूको भावना छ, त्यसलाई म नेपाली कांग्रेस र समग्र नेपालको तर्फबाट हार्दिक धन्यवाद दिन चाहान्छु ।’ उनले भने ।

mostbet

त्यसैगरी उनले एनआरएनएले व्यापकता पाएको चर्चा गरे । उनले भने, ‘यस एनआरएनएलाई फाउन्डरहरूले जसरी परिकल्पना गरेका थिए, जुन साइज, सिमित संख्या र सिमित देशहरूमा सिमित थियो, अहिले व्यापक रूप लिएर ८० देश नाघिसकेको छ । यो अत्यन्तै खुशीको कुरा हो ।’

Advertisement

त्यस्तै यस संस्थाले समग्र विदेशमा भएकाहरूको आवाज बोलेको साथै संस्थागत संरचना निर्माण भएको बताए । यसको विधान, प्रक्रिया भएको र उक्त विधान र प्रक्रियाले बाँधेको र जोडेको उल्लेख गर्दै यो कायम रहिरहनुपर्ने बताए ।

उनले एनआरएनएको महाधिवेशनमा अझैपनि अन्योल कायम रहेको बताउदै समयमै अफ्ठ्यारा र असहमतिहरू भए गणतान्त्रिक स्प्रीड र एनआरएनएको विधिको आधारमा चाडै टुङ्ग्याउन अनुरोध गरे ।