काठमाडौ । कतारमा अवैध रूपमा बस्दै आएका नेपालीलाई कतार सरकारले आममाफी दिने भएको छ । कतारी आइडी नपाएका वा नवीकरण हुन नसकेका नेपाली श्रमिकका लागि कतार सरकारले आममाफीको योजना ल्याएको हो ।
कतारस्थित नेपाली दूतावासका अनुसार उक्त योजना अनुसार अब नेपाली श्रमिकलाई कतारमा हाल अवैध रूपमा बसेकालाई कतारमै रहेर वैध भई नियमित काम गर्ने वा स्वदेश फर्कने मध्ये दुई विकल्प दिइएको छ ।
त्यसैगरी कतारमा अवैध रूपमा बसेका नेपालीले २०७८ असोज २४ गतेदेखि पुस १६ गतेसम्म तोकिएका विभाग वा सेवा केन्द्रमा गई आफ्नो कानुनी हैसियत नियमित गर्न सक्ने छ । उक्त सेवाका लागि कतारस्थित पाँच वटा केन्द्र तोकेर काम भइरहेको छ ।
हालसम्मको जरिवाना छुट तथा मिनाहा गरी कम्पनीमा रोजगारी नियमित गर्न सकिने भएकाले यस अवसरलाई सदुपयोग गर्न दूतावासले आग्रह रहेको छ ।