June 14, 2025, Saturday
२०८२ असार १
1:37:26 pm

धादिङमा गुडिरहेको बसमा आगलागी

2.4K

काठमाडौं । धादिङमा गुडिरहेको बसमा आगलागी भएको छ । आइतबार राति २ बजे सुर्खेतबाट काठमाडौं आइरहेको ना ६ प १४७१ नम्बरको बसमा गजुरीमा आगलागी भएको हो ।

प्रहरीका अनुसार बसको अधिकांश भाग जलेको छ । मानवीय क्षति भने भएको छैन । बाहिर निकाल्न नसक्दा केही यात्रुका लगेज भने जलेका छन् ।

इलेक्ट्रिक सट भएर बसमा आगो लागेको प्रहरीले जनाएको छ ।

Advertisement