June 17, 2025, Tuesday
२०८२ असार ४
1:37:26 pm

एकीकृत समाजवादी निकट कर्मचारीको भवन कब्जा गर्ने एमाले कर्मचारीको प्रयास

4.4K

पर्सा । नेकपा एमाले पर्साका नेताहरुले नेकपा एकीकृत समाजवादी समर्थित नेपाल निजामती कर्मचारी संगठन पर्साको भवन कब्जा गर्ने प्रयास गरेका छन् । शनिबार योजनाबद्ध ढंगले वीरगञ्जस्थित निजामति कर्मचारी संगठनको भवन कब्जा गर्न पुगेका एमाले निकट कर्मचारीहरुको प्रयास भने असफल भएको छ

संगठनको भवन कब्जा गर्ने योजना बारे कर्मचारी संगठनका नेताहरुलाई थाहा पाएलगत्तै प्रतिकारमा उत्रिएपछि उनीहरुको प्रयास असफल भएको हो ।
संगठनको भवन कब्जा गर्न र संगठन फुटाउने प्रयासमा एमाले पर्साका अध्यक्ष प्रभु हाजरा, प्रदेश सदस्य बसरुद्धिन अन्सारी, प्रधुमन चौहान, बीरगंज महानगर सचिव सुन्दर कुर्मीको लगायतका नेताहरू समेत लागि परेको नेकपा एकीकृत समाजवादी पर्साले आरोप लगाएका छन् ।

एमाले विभाजन भएपछि पर्सामा निजामती कर्मचारीहरु माधव नेपाललाई समर्थन गर्दै सोही पार्टीको समर्थित संगठन भएपछि एमाले पक्षका कर्मचारीहरुले सो कार्यालयको भवन कब्जा गर्न खोजेको थियो ।

Advertisement

नेकपा एकीकृत समाजवादी निकट कर्मचारीहरुले आफ्नो भवनमा कार्यक्रम गर्न नदिएपछि उनीहरु त्यहाँबाट फर्केर वीरगंजको घण्टाघर स्थित रोयल पार्टी प्यालेसमा पुगेर भेला गरेका थिए ।

सो संगठनलाई फुटाउन नेकपा एमाले निकट कर्मचारी संगठनका सह संयोजक लेखनाथ कोइराला, गौतम पोखरेल समेत पर्साको वीरगञ्ज पुगेका थिए ।

संगठनको भवन एक बर्ष अघि नेपाल निजामती कर्मचारी संगठन पर्साका अध्यक्ष अमित गिरी, संगठनका नेता सुबादार यादव लगायतको सक्रियतामा भवन निर्माण गरेका थिए ।