June 14, 2025, Saturday
२०८२ असार १
1:37:26 pm

भीमबहादुर विक हत्या कारणः पीडितले न्याय नपाएसम्म जिल्ला र राजधानीमा दबाबमूलक आन्दोलन गर्ने

1.4K

काठमाडौं । सत्तारुढ गठबन्धन सम्बद्ध दलित राजनीतिक भ्रातृ संघ–संगठनहरुले चितवनका भीमबहादुर विकको हत्या जातीय विभेदकै कारण भएको निष्कर्ष निकालेको छ । उनीहरुले प्रारम्भिक तथ्यहरुका आधारमा सारतः भीमबहादुरको हत्या जातीय विभदेकै कारण भएको ठहर गर्दै घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई हदैसम्मको कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) निकट दलित भातृ संस्थाका नेताहरुबीच भएको संयुक्त छलफलले सो निकर्ष निकालेको हो ।

उक्त छलफलमा पीडितले न्याय पाउने अवस्था नबनेसम्म जिल्ला र राजधानीमा समेत दबाबमूलक आन्दोलन गर्ने निर्णय भएको छलफलमा सहमागिमध्ये एक सदस्यले जानकारी दिए ।

Advertisement

छलफलमा कांग्रेस नेता मीन विश्वकर्मा, एकीकृत समाजवादीका नेता गणेश विके, माओवादी केन्द्रका नेता पदम सुन्दास, जसपाकी नेतृ दुर्गा सोब लगायत भातृसंस्थाका नेता र दलित अधिकारकर्मी सहभागी थिए ।

भीमबहादुरको हत्याको कारण मूलतः जातीय विभेद नै रहेको ठहर गर्दै त्यसको विस्तृत छानबिन गरी दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिन माग गरिएको नेपाल दलित मुक्ति मोर्चाका नेता बुद्धि नेपालीले जानकारी दिए । उनका अनुसार घटनाबारे अध्ययन गर्न सत्ता गठबन्धनसम्बद्ध दलका भातृ संस्थाहरुले समेत समिति बनाएर स्थलगत अध्ययन गर्ने भएको छ ।

‘घटनामा संलग्नहरु आफै प्रहरीसमक्ष बयान दिइरहेका छन् । तर प्रहरीले किटानी जाहेरी लिन नमानेको कुरा आएको छ । त्यसैले दोषीलाई कारबाहीको सुनिश्चितता गराउन गृहमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउँदछौँ,’ नेता नेपालीले भने, ‘पीडित परिवारलाई सरकारले क्षतिपूर्ति पनि दिनुपर्छ ।’ उनले

भरतपुर महानगरपालिका–४ का ५८ वर्षीय विकको गत २८ असोजमा मन्दिरमा दलितहरुले पनि पूजा गर्न पाउनुपर्छ भनेर आवाज उठाउँदा भएको कुटपिटबाट मृत्यु भएको थियो । कुटपिटबाट संलग्न स्थानीय सीताराम बस्नेत र दिलिप श्रेष्ठलाई प्रहरीले पक्राउ गरिसकेको छ