काठमाडौं । हिमपातका कारण तीन दिनदेखि हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका तुम्लिङमा अलपत्र परेका चार विदेशी र तीन नेपाली नागरिकको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । उनीहरुलाई आज उद्धार गरी सिमकोट ल्याइएको हो ।
हिमपातले वडा नं ६ लिमीको तुम्लिङमा अलपत्रमा परेका चार स्लोभानियाली नागरिक र तीन जना उनीहरुसँगै गएका नेपाली नागरिक ट्रेकिङ गाडइको उद्धार गरिएको हो । अलपत्र परी उद्धार हुनेमा स्लोभिनियाका बर्निक स्टोजन, ग्रोसोज बिक्टर, कोटिनक ल्भाम, लापन्जा कास्टेलिक दानीजेला छन् ।
हिमपातले तीनदेखि लिमीको तुम्लिङमा अलपत्र परेका स्लोभानियाली तीन पुरुष र एक महिलासहित तीन नेपाली ट्रेकिङगाइडको एयर डाइनेष्टिक हेलिकोप्टरबाट उद्वार गरी सिमकोट ल्याइएको छ ।
उनिहरू सदरमुकाम सिमकोटबाट लिमितर्फ हिँडेको १३ दिन भएको र तीन दिनदेखि लिमीको तुम्लिङमा हिमपातले अलपत्र परेका थिए