June 14, 2025, Saturday
२०८२ असार १
1:37:26 pm

विदेशी नागरिकको पनि उद्धार गर्न गृहमन्त्री बालकृष्ण खाँणको निर्देशन

1.1K

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले बाढीपहिरो र डुबानका कारण समस्यामा परेका विदेशी नागरिकको पनि उद्धार गर्न निर्देशन दिएका छन् ।
देशका विभिन्न ठाउँमा अलपत्र परेका विदेशी नागरिकको छिटो उद्धार गर्न गृहमन्त्री खाणले निर्देशन दिएका हुन् ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलाई बिहीबार बिहान निर्देशन दिँदै खाणले विदेशी नागरिकको उद्धार गर्न निर्देशन दिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

वर्षाले हिमाल आरोहणलगायत विभिन्न क्षेत्रमा घुम्न गएका पर्यटक अलपत्र रहेका जानकारी आइरहेका छन् ।

Advertisement