June 23, 2025, Monday
२०८२ असार ९
1:37:26 pm

घर भत्केकाका परिवारले तत्काल पचास हजार पाउने

1.6K

काठमाडौं । सरकारले अविरल वर्षाका कारण गएको बाढी तथा पहिरोमा परी घर भत्केकाका परिवारलाई तत्काल प्रतिधुरी ५० हजार दिने निर्णय गरेको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बुधबार बसेको बैठकले सो निर्णय गरेको हो ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार अहिलेसम्म विभिन्न जिल्लामा २० घर भत्केको तथ्यांक प्राप्त भएको छ ।

त्यसैगरी उद्धार र राहतका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्ने, टिम बाँडिएर क्षती भएको ठाउँमा सेल्टर बनाउने, घरहरू तत्काल पुननिर्माण गर्ने जस्ता निर्णय भएको पनि उनले बताए ।

Advertisement

कृषि बालीलगायतका क्षतिका सन्दर्भमा आवश्यक अध्ययन गरेर नोक्सान भएको आधारमा क्षतिपूर्ति दिने निर्णय भएको छ । त्यसका लागि कृषि मन्त्रालयको संयोजकत्वमा देशभर भएका क्षतिको लगत संकलन गरिनेछ ।

त्यसैगरी असरुद्ध भएका संचार, बाटो, खानेपानी, विद्यालय, स्वास्थ्य चौकीहरुलाई तत्काल सुचारमा ल्याउन प्रधानमन्त्रीबाट निर्देशन भएको उनले बताए ।

प्रधानमन्त्री बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकनमा जाने तय भएको पनि पोखरेलले बताए ।