June 14, 2025, Saturday
२०८२ असार १
1:37:26 pm

बाढीपहिरो पीडितको तत्काल उद्धार र राहत व्यवस्था गर्न अखिल क्रान्तिकारीको माग

1.6K

काठमाडौं । अनेरास्ववियू क्रान्तिकारीले बाढीपहिरोपीडितको उद्धार र समयमै राहतको व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ । अध्यक्ष पञ्चा सिंहले विज्ञप्ति जारी गर्दैै बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई राहत र घाइतेलाई निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग आह्वान गरेकी छन् ।

अध्यक्ष सिंहले बाढीपहिरोमा परेर बेपत्ता भइरहेकाहरूको खोजी गर्नसमेत माग गरेकी छन् ।

बाढीपहिरो प्रभावितलाई तत्काल सरकारले राहत प्याकेज घोषणा गर्नुपर्ने उनको भनाइ छ । उनले नेता तथा कार्यकर्तालाई बाढीपहिरो प्रभावितको उद्धार कार्यमा जुट्नसमेत निर्देशन दिएकी छन् ।

Advertisement