काठमाडौँ । बैतडीको सिगास गाउँपालिकास्थित ढुंगाड बस्तीभित्र सेती नदीको बाढीमा फसेका करिब ६० स्थानीयको उद्धार गर्न गएको हेलिकप्टर उद्धार नगरी फर्किएको छ ।
उद्वारका लागि सुर्खेतबाट गएको नेपाली सेनाको हेलिकप्टर मौसम खराबीका कारण बस्न नसकेर फर्किएको हो । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार ढुंगाडमा फसेकाहरूको उद्वारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर आए पनि मौसम खराबीले बस्न नसकेर फर्किएको छ ।
सोमबार राति १० बजेदेखि नै उद्वारको पर्खाइमा बसेका उनीहरुले जतिसक्दो छिटो उद्धार गरिदिन आग्रह गरेका छन् । नदीले गाउँको जमिन कटान गरेर ढुंगाडमा एउटा टापु नै बनाएको छ । टापु जुनसुकै बेला पनि बगाउन सक्ने भन्दै स्थानीयहरु चिन्तित बनेका छन् ।