काठमाडौं । सरकारसँग सहमति भएसँगै अनसनरत रुवी खानले अनसन तोडेकी छिन् । बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता प्रकरणमा सरकारले अनुसन्धान र दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएपछि सहमति उनले अनसन स्थगित गरेकी हुन् ।
सहमति लगत्तै गृह मन्त्रालयका पदाधिकारीहरू त्रिवि शिक्षण अस्पताल पुगेर रुवी खानको अनशन तोडाएका हुन् । खानको अनसन तोडाउन गृह मन्त्रालयका सहसचिव फणीन्द्रमणि पोखरेल र मानवअधिकारकर्मी मोहना अन्सारी त्रिवि शिक्षण अस्पताल पुगेका थिए ।
उक्त प्रकरणमा अनुसन्धान र दोषीलाई कारबाहीको माग गर्दै नेपालगन्जबाट रुवी खानसहितका महिला अधिकारकर्मीहरू पैदल यात्रागरी काठमाडौँ आएर आमरण अनसन बसेका थिए ।
आन्दोलनको नेतृत्व गरेकी खान ११ दिनदेखि आमरण अनशनमा थिइन् ।
सरकारले उक्त घटनाको अनुसन्धान गर्न छानबिन समिति बनाउनेछ ।