March 5, 2026, Thursday
२०८२ फाल्गुन २२
1:37:26 pm

नागरिकलाई जीवनको उत्तरार्धमा समस्या नहोस् : मन्त्री उमा रेग्मी

4.5K

चितवन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले ज्येष्ठ नागरिकलाई जीवनको उत्तरार्धमा समस्या हुन नहुने बताएकी छन् । आज देवघाट क्षेत्र विकास समितिले तनहुँको देवघाटमा सञ्चालन गरेको समाज कल्याण वृद्धाश्रमको निरीक्षणपछि उनले ज्येष्ठ नागरिकको सम्मान गर्नुपर्ने बताएकी हुन् ।

उनले वृद्धाश्रमलाई व्यवस्थित र ज्येष्ठ नागरिकलाई दिइने सेवा सुविधामा वृद्धि गर्नुपर्नेमा सरकार गम्भीर गम्भीर रहेको बताइन् । सरकारको सहयोग नआउँदासम्म गैरसरकारी संस्थासँग समन्वय गरेर अघि बढ्न पनि आग्रह गरिन् ।

pinup pin up pin up pinup

समाज कल्याण वृद्धाश्रममा हाल ३८ जना ज्येष्ठ नागरिक बसोबास गर्दै आएका छन् । विसं २०५२ बाट सञ्चालनमा आएको यो आश्रम सञ्चालनका लागि दैनिक करिब रु ११ हजार खर्च हुने गरेको छ ।

Advertisement