June 15, 2025, Sunday
२०८२ असार १
1:37:26 pm

माछा मार्न जादा राप्ती नदीको बाढीमा फसेका पाँच जनाको सकुशल उद्दार

1.3K

बाँके । राप्ती नदीको बाढीमा फसेका पाँचजना सर्वसाधारणको मंगलबार बिहान सकुशल उद्दार गरिएको छ । बाँके जिल्लाको डुडुवा गाउँपालिका वडा नम्बर ४ का ६० वर्षीय नाजिर खाँ, ४५ वर्षीय सब्बिर खाँ, ३० वर्षका प्रमोद लोनिया र ५५ वर्षका सोखत नाउको मंगलबार बिहान पौने आठ बजेतिर सकशुल उद्दार गरिएको जिल्ला प्रहरी कर्यालय बाँकेले जनाएको छ ।

माछा मार्न भनेर गएका उनीहरू अविरल वर्षापछि राप्तीमा एकाएक बाढी आएपछि डुडुवा ५ खजुरास्थित राप्ती नदीको बीच टापुमा बसेर रातभर ज्यान जोगाएका थिए ।

प्रहरीका अनुसार डुडुवा ४ का वडाध्यक्षले राती नै राप्ती नदीको बाढीमा सर्वसाधारण फसेको सूचना दिएका थिए । सुचना प्राप्त गरेलगत्तै उद्धार गर्न भनेर मध्यराति घटनास्थल पुगेको भए पनि उद्दार गर्न नसकेर फर्केको थियो ।

Advertisement

टापुमा बसेकाहरूसँग फोन सम्पर्क गर्दा उनिहरुले आफूहरू रातभर रूखमा बसेर ज्यान जोगाउने र बिहान आएर उद्दार गर्नुहोला भन्ने सल्लाह दिएका थिए । उनिहरुको बिहान रबर बोटबाट उद्दार गरिएको प्रहरीले जनाएको छ ।

गम्दीभन्दा पाँच किलो मिटर उत्तरमा फसेका उनीहरूलाई मंगलबार बिहान इलाका प्रहरी कार्यालय वनकट्टीबाट खटिएको प्रहरी टोली र सशस्त्र प्रहरी बल नम्बर ३० गण हेडक्वाटरबाट खटिएको टोलीले रबर बोटको सहयोगमा उद्दार गरेर ल्याएको हो । थप तीन जना भने प्रहरी घटनास्थल पुगेपछि राति नै पौडिएर आएका थिए ।

आइतबार दिउँसोदेखिको वर्षाका कारण राप्ती नदीमा पानीको सतह बढ्दै जान थालेको छ ।