काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाणलाई बाढीपहिरो प्रभावितको उद्धार गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री देउवाले अविरल वर्षाका कारण बाढी पहिरो र डुबानबाट प्रभावितहरूलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्री खाणलाई निर्देशन दिएका हुन् ।
देशका विभिन्न ठाउँमा गत शनिबारदेखि निरन्तर परिरहेपछि खोला तथा नदीहरूमा बाढी आएका छन् । महाकाली र सेतीलगायत नदीले कटान गरेको छ भने बस्तीमा बाढी पसेको छ ।