काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत भ्रमणमा आउने भएका छन् । देउवा यहि अक्टोवर ३१ देखि नोभेम्बर १२ सम्म बेलायतको ग्लास्गोमा आयोजना हुन लागेको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा भाग लिन बेलायत आउने भएका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले देउवाको नेतृत्वमा ‘वर्ल्ड लिडर समिट’मा सहभागी हुने प्रतिनिधिमण्डलको गठन गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री पद सम्हालेपछिको देउवाको यो पहिलो विदेश भ्रमण हो ।