June 23, 2025, Monday
२०८२ असार ९
1:37:26 pm

सभामुख अग्निप्रसाद सापकोटा नेकपा एमालेसँग छलफल गर्न तयार

3.4K

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेसँग छलफल गर्न तयार रहेको बताएका छन् । उनले संसद चलाउनको लागि संवादको विकल्प नभएकोले सरोकारवाला सबै पक्ष संवादमा आउनुपर्ने बताका हुन् ।

संसदको गरिमा बढाउन सबैको भूमिका बराबर रहेको उल्लेख गर्दै आफू प्रतिपक्ष दल नेकपा एमालेसँग छलफलका लागि तयार रहेको बताएका हुन् ।
सभामुख सापकोटाले सकेसम्म आफू तटस्थ बसेर निर्णय लिएको बताउँदै सबैले आफूले गरेको कामको समीक्षा गरेर संवादमा आउनुपर्ने बताए ।

सापकोटाले दसैंको अवसरमा सबैमा सकारात्मक सोचको विकास होस् भन्ने पनि गरेका छन् । आफूले संविधान र प्रतिनिधि सभाको नियमावली टेकेरै आफ्ना कार्य सम्पादन गर्नुपर्ने भन्दै सबैले समीक्षा गरी सकारात्मक सोचका साथ संवाद गर्नुपर्ने उनको भनाइ थियो ।

Advertisement

कात्तिक ९ गतेको बैठकसम्म सकारात्मक वातावरण बन्नेमा आशावादी रहेको उनले बताए ।