June 23, 2025, Monday
२०८२ असार ९
1:37:26 pm

​​​​​​​घान्द्रुकमा जीप दुर्घटना, चालकसहित ८ जनाको मृत्यु

3.1K

पाेखरा । कास्कीको घान्द्रुकमा जीप दुर्घटना हुँदा चालकसहित ८ जनाको घटनास्थलमै मृत्यु भएको छ । जीपमा सवार ९ जनामध्ये १ जना भने भीरमा अड्किएर बाँच्न सफल भएका छन् ।

उनीहरूको प्रहरी र स्थानीयबासीले उद्धार गरिरहेको छ। मृतकको सनाखत गर्ने तयारी गरेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास हमालले बताए। 

पोखराबाट घान्द्रुक जान सोमबार दिउँसो २ बजे छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो।

Advertisement

घान्द्रुकको कलाभीरमा पुगेर जीप मोदी खोलामा खसेको स्थानीयबासीले बताएका छन्। जीपमा सवार यात्रु घान्द्रुक घुम्न गएको डिएसपी हमालले बताए।