June 17, 2025, Tuesday
२०८२ असार ४
1:37:26 pm

अष्ट्रियाका सक्रिय नेपाली संघ संस्थाहरुमा महिला नेतृत्वको किर्तिमान

6K

भियना। नेपाल आदिवासी जनजाति महासंघ अष्ट्रियाले १० अक्टोबर २०२१ मा महाधिवेशन सम्पन्न गरि सर्वसहमतिमा स्वेता बज्राचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरे पछि अष्ट्रियामा सक्रिय नेपाली संघ संस्थाहरुमा महिला नेतृत्वको नयाँ किर्तिमान कायम भएको छ।
डबिन लामा गुरुङ्गको सभापतित्व र एनआरएनए अष्ट्रियाकी अध्यक्ष भवानी तिवारीको प्रमुख आतिथ्यतामा सम्पन्न महाधिवेशनमा महासंघका अन्तर्राष्ट्रिय समन्वय तदर्थ समिति सदस्य मनि राज थेबे , महासंघका सल्लाहकारहरु भुपिन्द्र गुरुङ्ग , बुद्दि बहादुर तामाङ्ग , मुक्त गुरुङ्ग , नेसास अष्ट्रिया अध्यक्ष मन्जु खड्का , अष्ट्रिया नेपाल सोसाइटी सगरमाथा कार्य बाहक अध्यक्ष शिला स्टाईनर, ईनास अष्ट्रिया उपाध्यक्ष प्रदीप ढुङ्गाना , एनआरएनए महिला फोरम अष्ट्रियाकी महिला संयोजक प्रतिभा कार्की , समाज सेवी निलम सिन्चुरी विशेष अतिथिका रुपमा उपस्थित थिए।
पूर्व महासचिव चन्द्र सेन राई द्वारा संचालित कार्यक्रममा सबै संघ संस्थाका प्रतिनिधिहरु, महासंघका सल्लाहकारहरु र प्रमुख अतिथिले शुभकामना मन्तव्य दिएका थिए।


महाधिवेशनले अध्यक्षमा स्वेता बज्राचार्य ,उपाध्यक्षमा शेखर लामा, महिला उपाध्यक्षमा जमुना बुढा पुन ,महासचिवमा सचेता राई ,सचिवमा दिनेश दनुवार ,कोषाध्यक्षमा बिमला गुरुङ्ग ,सह-कोषाध्यक्षमा रश्मि तामाङ्ग र सदस्यहरुमा इन्द्र छन्त्याल , सुर्य बहादुर लामा, देव गुरुङ्ग , सविना गुरुङ्ग, कल्पना लिम्बु सर्वसहमतिमा चयन गरेको छ। नवगठित कार्यसमितिका सबै पदाधिकारीहरुलाई महासंघका अन्तर्राष्ट्रिय समन्वय तदर्थ समिति सदस्य मनि राज थेबेले सपथ ग्रहण गराएका थिए।
अष्ट्रिया नेपाली समाजमा सक्रिय नेपाली संघ संस्थाहरुमा महिला नेतृत्व स्थापित गर्न सफल किर्तिमानीअध्यक्षहरु हुनुहुन्छ एनआरएनएमा भवानी तिवारी , नेपाल आदिवासी जनजाति महासंघ अष्ट्रियामा स्वेता बज्राचार्य , नेसास अष्ट्रियामा मन्जु खड्का , अष्ट्रिया नेपाल सोसाईटी सगरमाथा कार्य बाहक अध्यक्ष शिला स्टाईनर र ईनास अष्ट्रियामा शन्तोषी भण्डारी।

Advertisement