काठमाडौ । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हुने तर्क गरेका छन् । आइतबार आयोजित साक्षर गण्डकी घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री देउवाले गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्दैै शिक्षा आम नागरिकको मौलिक हक भएको बताए । बोल्ने क्रममा उनले शैक्षिक व्यवस्थापनमा समयानुकुल सुधार गर्ने बताए । शिक्षालाई अनिवार्य निःशुल्क गर्दै जाने नीति सरकारले अवलम्बन गर्दै आएको पनि बताए ।
त्यसैगरी बोल्ने क्रममा प्रधानमन्त्री देउवाले नेपालको कोरोना महामारीको नियन्त्रण गर्न सफल बनिरहेको भन्दै विदेशबाट प्रशंसा आइरहेको बताए ।
उनले देशमा अरु धेरै कुरा गर्न बाँकी रहेको बताउँदै पूर्ण रुपमा संघीयता कार्यान्वयन गर्न बाँकी रहेको बताए ।
अझै पूर्णरुपमा संघीयता कार्यान्वयन गर्न बाँकी रहको बताउदै उनले देशमा अरु धेरै कुराहरु गर्न बाँकी रहेको बताए ।
त्यसैगरी प्रधानमन्त्री देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै रहेको पनि बताए । ‘हो, अरु कोही हुँदैन, एउटा कुरा सबैले सुने हुन्छ, प्रजातन्त्रको विकल्प प्रजातन्त्र बाहेक कोही हुन सक्दैन, कसैले अरु दुई किसिमको सपना नदेखे हुन्छ ।’, उनले भने ।