सुनसरी । जिल्ला प्रहरी कार्यालय, सुनसरीको हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि पीडितका आफन्तसहितको भीड र प्रहरीबीच दोहोरो झडप भएको छ । अभद्र व्यवहार मुद्दामा पक्राउ परेका भोक्राहा ५ का मोहम्मद हकिम साह अनुसन्धानको क्रममा थुनामा रहेकै अवस्थामा मृत्यु भएभछि आफन्त आन्दोलित बनेका हुन् ।
झडपमा प्रहरीसहित एक दर्जन बढी घाइते भएका छन् भने प्रर्दशनकारीले पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध पारेका छन् । थुनामा रहेका व्यक्तिकोे प्रहरीले सुनियोजित रुपमा हत्या गरेको भन्दै लाश नबुझ्ने बताएका छन् ।
पीडितका आफन्तले ढुङ्गामुडा गरेपश्चात प्रहरीले प्रर्दशनकारीलाई लखेट्न आधा दर्जन बढी अश्रुग्यास समेत प्रहार गरेको छ ।
प्रर्दशनकारीलाई हटाउन प्रहरीले पटक–पटक प्रयास गरे पनि उग्र बनेको समूह प्रहरीमाथि जाईलागेको थियो । झडपका क्रममा प्रहरी कार्यालय र परिसरका संरचनामा क्षति समेत पुगेको छ । कार्यालय र इनरुवा बजार क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
उता जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जय सिंह थापाले सीसीटीभी क्यामेरामा स्पष्ट हात्महत्या गरेको देखिएकाले प्रहरीमाथि आक्षेप लगाउनु उचित नहुने बताल । उनले घटना अनुसन्धानको क्रममा रहेकाले छानविन हुनेसमेत बताए ।
अभद्र व्यवहार मुद्दामा पक्राउ परेका भोक्राहा ५ का मोहम्मद हकिम साहमाथि केटाकेटी राजीले भागेको विषयमा राजनीति लादिएको बताएका छन् ।
उनिहरुले केटीलाई परिवार पक्षले छुटाएर लगेको र केटालाई अभद्र व्यवहारमा मुद्दा चलाइएकोमा थुनामै मृत्यु हुनु सुनियोजित भनेका छन् ।
