May 17, 2022, Tuesday
२०७९ जेष्ठ ३
1:37:26 pm

नागरिकहरूको टुटेको मन जोड्ने काँग्रेस चाहिएको छ: गगन थापा

340

काठमाडौ । नेपाली काँग्रेसका नेता गगन थापाले केन्द्रदेखि वडासम्म जनतामा आशा र भरोसा दिलाउन सक्ने नेता चाहिएको बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौं नगरपालिकाको अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै थापाले भने, ‘हामीलाई चाहे खुल्ला मञ्च, सडक तथा संसद वा जनताको झुपडीमा गएर बोलेको कुरामा भरोसा दिलाउने काँग्रेस चाहिएको छ । नागरिकहरुको टुटेको मन जोड्ने काँग्रेस चाहिएको छ ।’ काँग्रेस अहिलेको यथास्थितीवादले जनताको विश्वास जित्न नसक्ने थापाको भनाइ छ । ‘आज जसरी चलेको छ यसले यसले काँग्रेसप्रति जनताको भरोसा दिलाउन सक्दैन’ उनले थपे ।

आगामी तीन तहको निर्वाचनबाट काँग्रेस पहिलो पार्टी बनाउनुपर्नेमा जोड दिँदै
थापाले काँग्रेसभित्र सुदृढीकरण र सुधारको खाँचो रहेको बताए । तहगत अधिवेशनले काँग्रेस सुधार गर्न भूमिका खेल्नुपर्नेमा थापाको जोड थियो ।

Advertisement