May 18, 2022, Wednesday
२०७९ जेष्ठ ४
1:37:26 pm

एमाले विधान महाधिवेशनमा ६ हजार प्रतिनिधि सहभागी हुने

1.3K

काठमाडौं । नेकपा एमालेको भोलीबाट हुने पहिलो विधान महाधिवेशनको तयारी पुरा भएको छ । बिहीबार एमाले विधान महाधिवेशन मुल व्यवस्थापन समितिले पत्रकार सम्मेलन गरी विधान महाधिवेशनको तयारी पुरा भएको जनाएको छ ।

समितिले दिएको जानकारी अनुसार शुक्रबार दिउँसो १२ : १५ बजे महाधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।

ललितपुरको सनराइज हलमा हुने सम्मेलनको बेलुन उडाउनुका साथै राष्ट्रिय गान गाएर उद्घाटन गरिनेछ । उद्घाटन सत्रलाई अध्यक्ष ओली लगायतका नेताहरुले सम्बोधन गर्नेछन् ।

Advertisement

उद्घाटन सत्रपछि तीनवटा प्रस्ताव पेश गरिने र दोस्रो दिन १६ गते समूहगत छलफल हुनेछन् । १७ समूहगत छलफलबाट आएका सुझावको संक्षेपीकरण गर्दै सम्मेलन समापन गर्ने तयारी रहेको छ ।