April 25, 2024, Thursday
२०८१ बैशाख १४
1:37:26 pm

परराष्ट्रमन्त्री खड्काको शपथ ग्रहण बदरको माग गर्दै सर्वोच्चमा रिट

2.4K

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले लिएको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

अधिवक्ता विशाल न्यौपानेले मंगलबार सर्वोच्च अदालतमा कुनै कानुन निर्माण नगरी खड्काले राष्ट्रपति समक्ष शपथ लिएको शपथ असंवैधानिक रहेको दाबी गर्दै रिट दर्ता गरेका हुन् ।

सर्वोच्च अदालत स्रोतका अनुसार सोमबार नै अधिवक्ता न्यौपानेले रिट पेस गरेकोमा मंगलबार दर्ता गरी बुधबार सुनुवाइ हुने पेसी तोकिएको हो ।

Advertisement

परराष्ट्रमन्त्री खड्काले संविधानको धारा ८० बमोजिम शपथ लिएको भनिएकोमा उक्त धारामा उल्लेख गरिएको ‘संघीय कानुन बमोजिम’ भन्ने व्यवस्थालाई पालना नगरिएको रिटमा उल्लेख छ ।