May 25, 2022, Wednesday
२०७९ जेष्ठ ११
1:37:26 pm

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

265

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धीको अध्यादेश खारेज गरेकी छन् । सोमबारको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरी राष्ट्रपति भण्डारी समक्ष सिफारिस भएपछि अध्यादेश खारेज गरिएकाे हाे।

विज्ञप्तिमा भनिएको छः ‘सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को असोज ११ को निर्णय एवम् सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा २ को खण्ड ख बमोजिम राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ खारेज गर्नुभएको छ ।’

Advertisement