May 25, 2022, Wednesday
२०७९ जेष्ठ ११
1:37:26 pm

मलेसियामा कोरोनाले मृत्यु हुनेको परिवारलाई प्रमिश तुम्खेवाको पहलमा आर्थिक सहयोग

1.5K

काठमाडौ । व्यावसायी प्रमिश सुब्बा तुम्खेवाको पहलमा मलेसियामा कोरोनाका कारण मृत्यु भएको प्रदिप मगरको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । अवैधानिक रुपमा मलेसिया बस्दै आएका प्रदिपको केहि समयअघि मलेसियामा मृत्यु भएको थियो ।

मृतकका परिवारको सहयोगार्थ प्रमिश सुब्बा तुम्खेवाको पलहमा संकलन भएको पचहत्तर हजार पाँचसय नगद मृतकका श्रीमती अम्बीका मगरलाई बैँकमार्फत पठाइदिएको प्रमिश तुम्खेवाले बताए । मृतकको एक नाबालख छोरा पनि छन् ।

झापा खुदुनाबारी घर भएका ३३ वर्षीय प्रदिप रोजगारीको शिलशिलामा मलेसियामा रहँदै आएका थिए । मलेसियामै उनलाई कोरोना भाइरसले आक्रमण ग¥यो । अवैधानिक रुपमा बस्दै आएकाले सुरुमै पिसिआर जाँच गराउन पाएनन् । अस्पतालमा उपचार गर्न मिलेन । उनमा मृत्युपछि मात्रै कोरोना पुष्टी भएको थियो । उनलाई घरमै होम आइसोलेशनमा राखेर औषधीउपचार गरेको प्रमिसले बताए । उनी एक्लै हुन्थे । तर बाँचिन्छ होला नै भन्ने आशा थियो । ‘म निको हुन्छु’ भन्ने गर्थे । तर खाना पु¥याउन जाँदा उनी मृत अवस्थामा भेटिए ।

Advertisement

मृतक : प्रदिप मगर

उनीसँगै २ वर्षजति सँगै बसेको कारण उनलाई आफन्तको नजरले हेर्ने गरेको प्रमिश बताउछन् । “ऊ सँगै बसेको, सँगै खाएको साथी, उसको दुःखलाई हेर्न सकिन त्यहि भएर सहयोग गरेँ ।”, उनले भने ।

प्रमिश करिब १० वर्षदेखि मलेसियामा व्यावसाय चलाउदै आइरहेका छन् । मलेसियाको मलाकामा उनको ‘एल्जिना रेस्टुरेन्ट’ छ । प्रदिप त्यहि रेस्टुरेन्टमा काम गर्थे । उनको मृत्युपछि पनि दाहसंस्कारका लागि आवरशयक खर्च सबै उनले नै गरेका थिए । यसअघि पनि उनी उनले धेरैजनालाई सहयोग गर्दै आइरहेका छन् ।

प्रदिप मगरको परिवारको सहयोगार्थ प्रमिश सुब्बा तुम्खेवाको पहलमा सुवास राई (ईलाम), जीवन राई (धरान), सुरेश जिमी (संखुवासभा), ओम थापा (तनहु), चेतन राई (ईलाम), चन्द्रबहादुर (संखुवासभा), विजु (बारा), प्रभु चौधरी (बारा), सुदिप चौधरी (दाङ), रामकुमार बुढा (दाङ), लिला मगर (नवलपरासी), नरेश कुमार महरा (धनुषा), चन्द्र वोहोरा (गुल्मी), देवराज (कापर), मनोज राई (ईलाम), उमेश कँडेल (चितवन), कुलबहादुर राई (धनकुटा), आकाश तामाङ (काभ्रे), राजु गुरुङ (धरान), कविन्द्र लिम्बु (पाँचथर), देवेन्द्र राम (सर्लाही), राजन तुम्बा, प्रकाश कोइराला, राजु शर्मा, आनन्द पुलामी मगर, डोम मगर लगायतले सहयोग गरेका थिए ।

व्यावसायी ,प्रमिश सुब्बा तुम्खेवा