May 21, 2025, Wednesday
२०८२ जेष्ठ ८
1:37:26 pm

ट्राफिकको लापरबाहीका कारण सडक दुर्घटना हुँदा एकको मृत्यु, स्थानीयद्धारा सडक अवरुद्ध

1.2K

झापा । ट्राफिक प्रहरीले चेकिङका क्रममा रोक्न खोज्दा भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी पिकअप चालक ४० वर्षीय नेत्र खड्का मृत्यु भएको हो ।

सोमबार बिहान ८.३० बजे झापाको शिवसताक्षी–१० माईधारस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गईरहेको प्र०३–००१ क ००९५ नं. को टिपरले सोही दिशातर्फ गईरहेको को २ च २६३२ नं को केरियर (पिकअप) सब्जी बोकेर पुर्व जाँदै गरेको गाडीलाई चेकजाँचका लागि ट्राफिकले रोक्न खोजिरहेको अवस्थामा पछाडीबाट ठक्कर दिँदा अनियन्त्रित भई कन्काई सिंचाई आयोजनाको नहरमा पल्टिएको थियो ।

पिकअप पानीमा डुबेको खबर प्राप्त गरेपछि घटनास्थल पुगेका ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएका प्रहरी टोलीले पिकअपलाई नहरबाट बाहिर निकाल्ने क्रममा पिकअप चालक नेत्र खड्का गाडिभित्र मृत अवस्थामा फेला परेका थिए ।

Advertisement

दमक ९ का ४० वर्षीय खड्का मृत अवस्थापा फेला परेपछि गाडीभित्र अन्य कोहि सवार थिए कि भन्ने आशंकाले नहरको पानी बन्द गरी प्रहरी टोलिले खेजतलास गरेको तर कोहि नभेटिएको इलाका प्रहरी कार्यालय झिल्लीलेले जानकारी गराएका छन् ।

दुर्घटनापछि मकवानपुर थाहा नगरपालिका ८ बस्ने २४ वर्षिय टिपर चालक सहदेब कार्कीलाई इप्रका सुरुङ्गाले नियन्त्रणमा लिएको छ ।

सोही घटनालाई लिएर स्थानीयले पूर्वपश्चिम राजमार्ग झन्डै ४ घन्टा अवरुद्ध पारेका थिए । ४ सयभन्दा बढीकोे सङ्ख्यामा भेला भई पूर्वपश्चिम राजमार्ग अवरोध गरेको र भीडलाई सम्झाइ बुझाई राजमार्ग खुलाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले जनाएका छन् ।

तस्वीर सौजन्यः इक्साहाङ चेम्जोङ