काठमाडौ । सरकारले दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गरेसँगै दसैंका लागि घर जानेहरूले आजदेखि बसको टिकट काट्न पाउने भएका छन् ।
लामो तथा मध्यम दूरीका बसले अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा भिड लागेको छ ।
कोरोनाभाइरस संक्रमण कायमै रहेकोले मानिसहरू सामाजिक दूरी कायम गरी टिकट काट्ने व्यवस्था मिलाइएको छ ।
नयाँ बसपार्कबाट हाल ३२ टिकट काउन्टरमार्फत कम्प्युटर प्रणालीका माध्यमबाट यात्रुलाई बस टिकट प्रदान गर्दै आइएको छ ।