काठाडाैं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावमा एमालेलाई टर्च बालेर खोज्नुपर्ने बताएका छन् । शनिबार हेटौँडामा आयोजित मकवानपुर जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले यस्तो बताएका हुन् ।
केपी ओली अहंकारको घोडाबाट खसेपछि गालीगलौजमा लागेको भन्दै अध्यक्ष नेपालले उनमा सद्बुद्धि आओस् भन्दै कटाक्ष गरे ।
‘एमाले आगामी चुनावमा टर्च बालेर खोज्नुपर्ने अवस्थामा गइरहेको हेर्दै जानुस् । केपी ओली अहंकारको घोडाबाट खसेपछि गालीगलौजमा लागेका छन् । उनीहरूको काम नै गाली गर्ने, त्यसैमा रमाउँछन्। हामी त्यस्तो गर्ने छैनौँ । सद्बुद्धि आओस्, मति सुध्रियोस् । हामी गलत बाटोमा जान चाहन्नौँ । नत्र त उहाँहरू र हामीमा के फरक ?’ उनले भने ।
बागमती र प्रदेश १ मा पनि केन्द्रीय सरकारकै गठबन्धनले एमाले सरकार ढाल्ने बताउँदै नेपालले नयाँ सरकार गठन गरेर केपी ओलीलाई धुलो चटाउने ठोकुवा गरे ।